काेराेना भाइरस समुदायमा फैलिएकाे आशंका

 साउन १०, २०७७ शनिबार १५:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका विभिन्न ठाउँमा कोरोना भाइरस समुदायमा फैलिएको आशंका गरिएको छ ।

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीले कोरोना भाइरस समुदायमा फैलिएको जस्तो देखिएको बताउनुभयो भने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले लकडाउनपछि बाँकेमा समुदाय स्तरमा सङ्क्रमण बढेको बताउनुभयो ।

यस्तै पर्साको विरगञ्जमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै निषेधाज्ञा जारी भयो । यसरी लकडाउन अन्त्य भएको घोषणा सँगै विभिन्न ठाउँमा समुदायमा कोरोना देखिएको प्रदेश तथा जिल्ला तहका अधिकारीहरुले नै बताउन थालेका छन् ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने सङ्क्रमण फैलिएको संकेत देखिए पनि पुष्टि गर्ने आधार नभएको बताउनुहुन्छ ।

उहाँले समुदायमा कोरोना फैलिएको वा नफैलिएको एकिन गर्नका लागि थप परीक्षण र अनुसन्धान भैरहेको बताउनुभयो ।

बारा, पर्सा, सप्तरी लगायत प्रदेश २ का विभिन्न जिल्लामा कतै यात्रा नगरेका वा सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्तिमा पनि सङ्क्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

सरकारले काठमाण्डौ उपत्यका सहित विभिन्न ठाउँमा समुदायस्तरमा परीक्षण शुरु गरेको भए पनि अहिले विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणलाई प्राथामिकता दिएको छ ।

जनस्वास्थ्य बिद्हरुले भने समुदायमा कोरोना फैलिन थालेको हुन सक्ने भन्दै तत्कालै परीक्षण बढाएर स्थिति पत्ता लगाइ योजना बनाउन आग्रह गरेका छन् ।

यदि समुदायमा फैलिएमा रोकथाम र उपचारमा कठिनाइ हुने  विज्ञहरुले चेतावनी दिएका छन् ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया