भारतले अतिक्रमण गरेको जमिन फर्काउन सिङ्गो देश एक ढिक्का हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

 साउन १०, २०७७ शनिबार १९:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले अतिक्रमण गरेको जमिन फर्काउन सिङ्गो देश एक ढिक्का हुनु पर्ने बताउनु भएको छ ।

मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकले गरेको जिल्ला भेलालाई बनेपामा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले एकताबद्ध भएर वार्ताको टेबुलबाट तथ्य, प्रमाणहरू सबै राखेर आफ्नो स्वामित्वलाई फर्काउनुपर्ने बताउनु भएको हो ।

वास्तविक नक्सा मात्र बनाएर मात्रै नहुने भन्दै उहाँले जमिन फर्काउन भने जस्तो सजिलो नभएको पनि बताउनुभयो ।

उहाँले सिङ्गो देश एकताबद्ध भएकाले मात्रै नेपालको नयाँ नक्सा जारी भएको पनि स्मरण गर्नुभयो ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया