बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - सरकारले घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकाे छ ।
गृह मन्त्रालयले कोरोना सङ्क्रमण फैलिन नदिन मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पुन: निर्देशन दिएको हो ।
लकडाउन खुलेसँगै जोखिम बढ्न सक्नेतर्फ सचेत रहेर नागरिकलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गरिएको र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
लकडाउन खुलेपछि बजारमा भिडभाड र चहलपहल बढ्न थालेको छ । भिडभाडमा मास्क नलगाई हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । यसअघि सरकारले गएको असार २२ गते मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।