भारतबाट ७ करोड रुपैयाँको २२ लाख किलो कोदो आयात

 साउन १२, २०७७ सोमबार १२:५२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाललाई कृषिप्रधान देश भनिए पनि सबैजसो कृषि सामग्री विदेशबाट आयात हुन्छन् । 

गएको आर्थिक वर्षमा साढे ३३ अर्ब रुपैयाँभन्दा धेरैको धान/चामलमात्रै आयात भएको छ । हरियाे सागपातदेखि तरकारीसम्म विदेशबाटै आयात हुन्छ । 

अचम्मको कुरा त नेपालको पाखा बारीमै फल्ने कोदोसमेत विदेशबाटै आयात हुन्छ । त्यो पनि लाखौँ किलोको मात्रामा । गएको आर्थिक वर्ष २०७६/७७ मा झण्डै २२ लाख किलो कोदो आयात भएको छ। 

गएको वर्ष २१ लाख ७२ हजार ६ सय २५ किलो कोदो भारतबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ । विभागकाअनुसार आयात भएको कोदोको मूल्य ७ करोड १५ लाख १७ हजार रुपैयाँ रहेको छ । 

आर्थिक वर्ष २०७५/७६ मा आठ करोड तीन लाख रुपैयाँ बराबरको २९ लाख १० हजार किलो कोदो आयात भएको थियो । यो सबै भारतबाट आयात भएको हो ।
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • विध्या कुमार नायक

    July 27, 2020, 1:28 p.m.

    कठै हाम्रो देश, कुनै कुरामा आत्मनिर्भर बन्न सकेको छैन। कृष उपज देखी लिएर मेसिनरी सामाग्री सम्म, अहिलेको स्थानिय तहँ मा कृ्षी सम्वन्धी अधिकार दिए पनी ठोस कार्यक्रम ल्याउन सकेको छैन, कुनै-कुनै स्थनिय तहले कार्यक्रम लयाए पनी सफल कार्यनव्यन गर्न सकेको छैन। १ वडा १ उत्पादन कार्यक्रम लयाए पनी हाम्रो देशमा आयात गर्न कम हुन्थियो होला। अबको कार्यक्रममा "लोकल उतपादन पर्योग अनि बिदेशी उतपादनमा बहिसकार" सम्म कार्यक्रम लयाएर स्थनिय तहले सफल कार्यनवयन गर्यो भन्ने केही मात्रामा आयात कम हुन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया