मास्क नलगाइ हिँडे चार घण्टासम्म सडकमा बस्नु पर्ने, विना मास्क गाडी चढे घर फकाईने

 साउन १२, २०७७ सोमबार १८:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौमा मास्क नलगाइ हिँडडुल गर्नेलाई कारबाहीको प्रक्रिया सुरु भएको छ ।

साेमबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ट्राफिक प्रहरी र नेपाल प्रहरीलगायत सरोकारवाला निकायले कोरोनाको जोखिम बढेकाले मास्क नलगाइ हिँडडुल गर्नेलाई कारबाही गर्नेबारे छलफल गरेका छन् । तर कसरी र के कारबाही भन्ने विषय टुङ्गिन बाँकी छ ।

लकडाउन हटेपछि केहीले मास्कसमेत नलगाइ हिँडडुल गरेकाले अब कडाइ गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसरी लापर्वाही गरी हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार वा सडकमा नै चार घण्टासम्म होल्ड गरेर राख्नेसम्मको तयारी भएको महाशाखाले जनाएको छ ।

यस्तै मास्क नलगाइ सार्वजनिक गाडी चढे ओरालेर घर फर्काइने छ ।  यो नियम छिट्टै कार्यान्वयनमा आउने पनि महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया