बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – सर्वाेच्च अदालतले अदालतबाट भएका काम कारबाहीका बारेमा विगत केही दिनदेखि प्रवाह भइरहेका समाचार, टीका टिप्पणी र गतिविधिको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
‘न्यायपालिकाका काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीका टिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने सक्नेतर्फ ध्यान जान जरुरी हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।
अदालतका फैसला वा आदेशलाई लिएर स्वच्छ टिप्पणी वा आलोचना र प्राज्ञिक छलफल वा बहस हुन सक्नेतर्फ अदालत सदैव सकारात्मक रहेको सर्वाेच्चले भनेकाे छ । न्यायपालिकाको काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान दिन सर्वाेच्चले निकालेको विज्ञप्तिमा भनिएको छ ।
साथै सर्वाेच्च अदालतले अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाको काम कारबाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्नसमेत अनुरोध गरेको छ ।
पछिल्लो समय श्रीमतीको हत्याका दोषी पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउनेलगायतका सर्वाेच्चको आदेशलाई लिएर सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।