नेपाल पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक

 साउन १४, २०७७ बुधबार ७:४९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगेको छ ।

सन् २०१० मा रुसमा भएको बाघ पाइने देशको सम्मेलनमा नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएका थिए । 

त्यही प्रतिवद्धता अनुसार नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या २ सय ५० पुर्‍याउनुपर्नेछ । सन् २०१० मा नेपालसँग १ सय २१ वटा बाघ रहेकामा अहिले नेपालमा २ सय ३५ वटा पुगेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव-बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको सरकारले जनाएको छ ।

नेपाल, भारत, बंगलादेश र भुटान बाघ दोब्बर बनाउने अभियानमा लक्ष्य उन्मुख छन् । तर चीन, लाओस, म्यानमार, कम्बोडिया, भियतनामलगायतका देशमा भने बाघको सङ्ख्या बढ्न सकेको छैन । विश्वमा कम्तीमा चार हजार पाटेबाघ रहेको अनुमान छ । अध्ययनअनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेको छ । आज अन्तर्राष्ट्रिय बाघ दिवस पनि मनाइँदैछ ।


 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया