ग्यास व्यवसायीकाे आन्दोलन स्थगित

 माघ ३०, २०८१ बुधबार १८:१९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलपछि आन्दोलन स्थगित गरेको हो ।

सङ्घले लागत अनुसारको बजार मूल्यवृद्धि गर्नुपर्ने लगायत विभिन्न १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको थियो । छलफलमा उद्योगमन्त्री दामोदर भण्डारीले व्यवसायीका जायज माग थप अध्ययन गरी १५ दिनभित्र पूरा गर्ने बताएपछि १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताउनुभयो ।

ग्यास व्यवसायी आजदेखि चरणबद्ध आन्दोलनमा थिए । आउँदाे फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरूले घोषणा गरेका थिए ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया