सोलुखुम्बुमा २९ लाखको चेक र १४ लाख नगदसहित ४ जना जुवाडे पक्राउ

 साउन १४, २०७७ बुधबार ९:५:४७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिकाबाट १४ लाख नगदसहित ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोताङ गाउँपालिका वडा नम्बर ५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेका ४ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाख रुपैयाँको चेकसमेत बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया