थप २१० जनामा काेराेना सङ्क्रमण, १४६ जना डिस्चार्ज

 साउन १४, २०७७ बुधबार १६:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार दुई सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षण गरिएकाेमा दुई सय १० जनामा काेराेना पोजेटिभ देखिएको हो । अहिलेसम्म पीसीआर विधिबाट तीन लाख ५८ हजार तीन सय ४४ जनाको काेरोना परीक्षण भएको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा एक सय ४६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको कुल सङ्ख्या १४ हजार २१ जना पुगेको छ ।

अहिले नेपालमा पाँच हजार दुई सय तीन जनाकाे विभिन्न अस्पतालकाे आइसोलेशनमा उपचार भइरहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया