नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म निःशुल्क परीक्षण...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना महामारी नियन्त्रणमा सरकारले आफ्नो जिम्मेवारी पूरा गरिरहेको बताउनुभएको छ ।
कोरोनाको परीक्षण र उपचार निःशुल्क रुपमा गरेर सरकारले आफ्नो जिम्मेवारी पूरा गरिरहेको उहाँले बताउनुभयो । सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको बेला तपाईँले गर्नुभयो कि भएन भन्दै उहाँले प्रश्न गर्नुभयो
‘तपाईँले मास्क लगाउनुभयो कि भएन ? तपाईँले हात धुनु भयो कि भएन ? तपाईँले सोसल डिस्ट्यान्सिङ कायम गर्नुभयो कि भएन ? तपाईँ अनावश्यक रुपमा भिडभाडमा जानु भयो कि ? यो कुरा पनि आत्मसमीक्षा गर्न सबैमा अनुरोध गर्छु’, उहाँले भन्नुभयाे ।
प्रवक्ता डा. गौतमले लकडाउन खुलेपछि नव सामान्यीकरण अवस्थामा आएको बताउनुभयो । यो पहिलेको अवस्थामा पुगेको वा सामान्य अवस्थामा पुगेको नभइ बाध्यताले लकडाउन हटाएकोले सुरक्षाका उपायहरु अपानाउनु आवश्यक रहेको बताउनुभयो । कोरोना संक्रमण फैलन नदिन सबैले सुरक्षाका उपायहरु अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।