कोरोनाका कारण प्रदेश १ मा एक जनाको ज्यान गयो, वीरगञ्जमा स्वास्थ्यकर्मीलाई सङ्क्रमण

 साउन १५, २०७७ बिहीबार ८:२९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोनाको कारण प्रदेश १ मा एक जनाको ज्यान गएको छ ।

प्रदेश १ भित्रकै नागरिकको ज्यान गएको यो पहिलो हो । हिजो पोजेटिभ रिपोर्ट आएका मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।

४५ वर्षका पुरुष दुई महिनाअघि सुनवर्षीको क्वरेण्टीनमा बसेका र पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको सुनवर्षी नगरपालिकाका जनस्वास्थ्य प्रमुख किशोर मण्डलले जानकारी दिनुभयो ।

यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै प्रदेश २ का सप्तरी र महोत्तरीका गरी दुई जनाको ज्यान गएको थियो । वीरगञ्जमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी सहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो बेलुका आएको परीक्षणको नतिजा अनुसार नारायणी अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण पाइएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया