नसर्ने रोग पहिचानका लागि आजदेखि एक महिनासम्म निःशुल्क परीक्षण...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले समन्वय गरेर मात्रै बिरामी पठाउन आग्रह गरेको छ ।
समन्यविना बिरामी पठाउँदा समस्या भएकाले त्यस्तो नगर्न प्रतिष्ठानले आग्रह गरेको हो । कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आईसीयू भरिभराउ रहेकोले समन्वय नगरी बिरामी नल्याउन प्रतिष्ठानले आग्रह गरेकाे छ ।
कोरोना भाइरस सङ्क्रमित एवं सङ्क्रमित हुनसक्ने संकास्पद व्यक्तिहरुलाई एम्बुलेन्स चालकले एक्कासि इमर्जेन्सी तथा आईसोलेशन वार्डमा ल्याएर छाडिदिने गरेकाले बारम्बार समस्या सिर्जना भएको प्रतिष्ठानले जनाएको छ ।
प्रदेश १ मा प्रतिष्ठान र कोशी अस्पतालमा कोरोना सङ्क्रमितका लागि आईसीयू सेवा उपलब्ध भएकाले बिरामीलाई रिफर गर्दा समन्वय गर्न अस्पतालका निर्देशक प्रा. डा. गौरिशंकर शाहले आग्रह गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।