सर्वोच्चको आदेश विपरीत माओवादीले जितेका पालिकाहरुमा सार्वजनि...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अर्थात् एनजीओ र आईएनजीओले चलाएका परियोजनाको अनुगमन र मूल्याङ्कन गर्न विज्ञ व्यक्तिको दरखास्त माग गरेको छ ।
बिहीबार एक सूचनामार्फत परिषद्ले एनजीओ र आईएनजीओद्वारा सञ्चालित परियोजनाको अनुगमन र मूल्याङ्कनको लागि कार्यक्रम विज्ञ (टोली नेता) र आर्थिक विज्ञको आशयपत्र माग गरिएको जनाएको छ । विज्ञको टोली नेता र आर्थिक विज्ञको आशयपत्र तीस दिनभित्र पेस गरिसक्नुपर्नेछ ।
एनजीओ र आईएनजीओले आफूखुसी कार्यक्रम सञ्चालन गरेको र आर्थिक पारदर्शिता पनि नभएको गुनासो बढेपछि परिषद्ले अनुगमन र मूल्याङ्कन गर्न लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।