अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
डोटी - लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ ।
पानीको बहाव बढेकाले नदी आसपासका बस्ती, तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा खतरा हुन सक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
सेती नदी आसपासका बस्तीहरु बानी, डुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई विशेष गरी रातिको समयमा सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ । नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो ।
प्रजिअ भट्टराईले बाढी र पहिरो आउने खतरा बढेकाले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइ अलर्ट’ मा बस्न निर्देशन दिनु भएको छ ।
विपदबाट जोगिन प्रशासनले २४ सै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ । जिल्लामा रहेका विभिन्न नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिने उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरेको छ ।
अन्य साना नदीमा भने पानीको बहाव समान्य अवस्थामै रहेको प्रहरीले जनाएकाे छ ।
वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दर्जनभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षात् सुरु भएसँगै डाेटीको ग्रामीण भेगका अधिकांश सडकमा अहिले गाडी गुड्न सकेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।