सेती नदीमा नुहाउन गएका दुई जना स्वास्थ्यकर्मी बेपत्ता

 साउन १७, २०७७ शनिबार १६:४०:३६ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटीको सेती नदीमा नुहाउन गएका दुई जना स्वास्थ्यकर्मी नदीमा बगेर बेपत्ता भएका छन् ।

बझाङ घर भई डडेल्धुरा उप क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेण्ट) विनयबहादुर सिंह र ल्याब असिस्टेण्ट हरि जोशी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले दिनुभयो ।

शैलेश्वरी मन्दिर दर्शन गरि फर्कने क्रममा शिखर गाउँपालिका वडा नम्बर १० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका र उनीहरुको खोजी भैरहेको एसपी पाण्डेले बताउनुभयो ।

साउन लागेपछि मात्रै सेती नदीमा पौडी खेल्ने क्रममा चार जनाको ज्यान गैसकेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया