सेतीमा बेपत्ता भएका २ स्वास्थ्यकर्मीमध्ये एकको शव भेटियो

 साउन १८, २०७७ आइतबार २०:३७:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी – शनिबार डोटीको सेती नदीमा नुहाउन जाँदा बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एक जनाको शव आइतबार फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेका अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको दिपायल सिलगढी नगरपालिकाको नारीदाङ भन्ने ठाउँमा फेला परेको हो ।

सदरमुकाम सिलगढीबाट शव भेटिएको ठाउँ निकै टाढा भएकोले सोमबारसम्ममा शव दिपायल ल्याउन सकिने प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । 

शनिबार डोटीको शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० को सेती नदीमा नुहाउन गएका बेला बझाङ घर भइ डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट) विनयबहादुर सिंह र

डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरि जोशी नदीमा बेपत्ता भएका थिए । 

नदीमा बेपत्ता भएका स्वास्थ्यकर्मीको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबारदेखि खोजी गरी रहेको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया