सेती नदीमा बेपत्ता भएका स्वास्थ्यकर्मीको शव भेटियो

 साउन १९, २०७७ सोमबार १७:३९:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी – सेती नदीमा नुहाउन जाँदा बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीको शव भेटिएको छ । 

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) रमेशबहादुर शाहीका अनुसार बझाङ जिल्ला घर भइ डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट विनयबहादुर सिंहको शव सोमबार शिखर नगरपालिका १० को बणैताप भन्ने ठाउँमा फेला परेको हो ।

आइतबार साँझ डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिंह गाउँपालिका ५ को बुवातडा भन्ने ठाउँमा फेला परेको थियो । 

गएको शनिबार डोटीको शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका १० को बानीडुग्रीसैनमा रहेको सेती नदीमा नुहाउन गएका बेला उनीहरु दुवै जना बेपत्ता भएका थिए । 

उनीहरुको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबारदेखि खोजी गरिरहेको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया