अछामको बयलपाटा अस्पतालमा आजदेखि आकस्मिक बाहेकका सेवा बन्द

 साउन २३, २०७७ शुक्रबार ९:९:६ | विमल बिष्ट
unn.prixa.net

अछाम - अछामको बयलपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् । 

बयलपाटा अस्पताल साँफेबगरका एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।

अर्को सूचना जारी नभएकासम्मका लागि सेवा बन्द गरिएको अस्पतालले सूचना निकालेर जानकारी दिएको छ । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरकाअनुसार अस्पतालमा कार्यरत पुरुष स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो ।


 

अन्तिम अपडेट: चैत ९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया