डोटीमा पहिरोले घर भत्किँदा चारजनाको ज्यान गयो, पाँच घाइते

 साउन २७, २०७७ मंगलबार ८:५३:९ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको आदर्श गाउँपालिका-१ बाँझककानीमा लगातार पानी परेर घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । 

स्थानीय लोगे लुहारको घर भत्किँदा, ३५ वर्षकी विष्ना लुहार, उनका छोरा ११ वर्षका पारस, छोरीहरु ७ वर्षकी सिरु र ४ वर्षकी जेनिसाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले जानकारी दिनुभयो ।

घाइते ३३ वर्षका लोगे, उहाँकी आमा ५२ वर्षकी पाना, सासु ५६ वर्षकी घाङरी विक, सालो १३ वर्षका इन्द्र र २ वर्षकी छोरी अस्मिताको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । 

सिलेटले छाएको तिनतले घर राति १ बजेतिर भत्किएको हो । अहिले शव निकाल्ने काम भइरहेको छ ।


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया