डोटी दुर्घटना अपडेट : ज्यान गुमाएका तीनै जनाको परिचय खुल्यो

 साउन २८, २०७७ बुधबार १२:१९:३८ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छ ।

दुर्घटनामा परि अछाम चौरपाटी गाउँपालिका–७ मार्कुका ३० वर्षका टिकाराम बिक, मंगलसेन नगरपालिका–७ अछामका ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछामका ६० वर्षीय पदम साउँदको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले दिनुभएको जानकारी अनुसार कैलालीबाट अछामका लागि छुटेको ना ६ ख २५२९ नम्बरको बस सडकबाट झण्डै ३० मिटर तल खसेर दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

यसअघि प्रहरीले चार जनाको ज्यान गएको जानकारी दिए पनि तीन जनाको मात्रै ज्यान गएको पुष्टि भएको छ । वर्षाका कारण सडक चिप्लो भएकाले बस पल्टिएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया