चुलाेमा पेट्राेल छर्केर आगाे बाल्न खाेज्दा अछाममा चार जना गम्भीर घाइते

 साउन २९, २०७७ बिहिबार १४:१०:४३ | विमल बिष्ट
unn.prixa.net

अछाम – अछाममा चुलोमा पेट्रोल छर्केर आगो बाल्न खोज्दा चार जना गम्भीर घाइते भएका छन् ।

रामारोशन गाउँपालिका ३ कालापानीका रतन बुढामगरको घरमा पेट्रोल छर्केर आगो बाल्ने क्रममा उहाँसहित पार्वतीदेवी बुढामगर, भीम बुढामगर तथा पञ्चदेवल विनायक नगरपालिका २ बस्ने जनक शाही घाइते भएको दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

घाइतेहरुको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलाली पठाइएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया