सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका नाममा कारण देखाउ आदेश

 साउन ३१, २०७७ शनिबार १५:५१:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी - उच्च अदालत दिपायल राजपुरले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसहित तीन जनाका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

उच्च अदालत दिपायल राजपुरका न्यायाधीश शेषराज सिवाकोटीको एकल इजलासले डीआईजी सुवेदीसहित तत्कालिन जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवा, संघीय प्रहरी इकाई कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय अछामका नाममा शुक्रबार कारण देखाउ आदेश जारी गरेको हो ।

आफूमाथि षड्यन्त्र गरेर झुटो मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको भन्दै अछाममा कार्यरत तत्कालिन प्रहरी जवान दिपेन्द्र भट्टले उच्च अदालत दिपायल राजपुरमा पुनर्बहालीका लागि रिट निवेदन दायर गरेपछि त्यही रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश जारी गरेको उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटुवालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया