तीन वर्षपछि ‘बी’ डिभिजन लिग आउने माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
चितवन - चितवनमा थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत रहेका छन् । संक्रमितमध्ये भरतपुर अस्पतालका चिकित्सकसहित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु छन् ।
भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्टमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।
भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन्।
यस्तै रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वरेण्टीनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर ५ र १२ का ३ पुरुष र एक महिला रहेका छन् । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन् ।
त्यसैगरि खैरहनी नगरपालिका वडा नम्बर ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना क्वरेण्टीनमा थिए । शनिबार ४ सय ७४ नमुना परीक्षण गरिएकोमा ४ सय ४६ वटा नमुनाको नतिजा नेगेटिभ आएको छ ।
क्यान्सर अस्पतालका पाँच जना नर्स पनि संक्रमित भएपछि होम क्वरेण्टीनमा बस्न मिल्नेलाई घरमा र नमिल्नेलाई अस्पतालकै आइसोलेशनमा राखिने क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर देजकुमार गौतमले जानकारी दिनुभएको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि भरतपुर महानगर क्षेत्र भित्र निषेधाज्ञा जारी छ । भदौ ५ गतेसम्मका लागि लागू गरिएको निषेधाज्ञापछि बजार क्षेत्र सुनसान छन् । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा निगरानी बढाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।