चितवनमा ज्यान गुमाएकी १०९ वर्षीया वृद्धामा काेराेना पुष्टि

 भदौ २, २०७७ मंगलबार २१:४:२६ | राधेश्याम खतिवडा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चितवन – खैरहनी नगरपालिका ३ की १०९ वर्षीया वृद्धाकाे ज्यान गएपछि कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको हो । वृद्धाको साेमबार राति पौने एक बजे ज्यान गएकाे थियो । 

केही दिन अघिदेखि  बिरामी हुनुभएकी वृद्धाको सोमबार स्वाब सङ्कलन गरी भरतपुर कोभिड ल्याबमा जाँचका लागि पठाइएको थियो । परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । 

यसअघि चितवनमा भरतपुर महानगरपालिका ११ का एक जना र कैलालीका एक जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएकाे थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  • पुप्प राज पैडेल

    Aug. 18, 2020, 10:04 p.m.

    नेपालमा कोभिड १९ मरे पछि थाहा पउने कस्तो बिडम्बना /

  •  0 Reply

तपाईको प्रतिक्रिया