तीन वर्षपछि ‘बी’ डिभिजन लिग आउने माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
चितवन – चितवनमा निषेधाज्ञाकाे अवधिमा मास्क नलगाउने, पैदल हिँड्ने र साइकलमा हिँड्ने कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले १८ दिनमा जरिबानामा पर्नेहरुबाट ६ लाख ३५ हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको छ । साउन १८ देखि भदौ ३ गतेसम्म १८ दिनमा चार हजार पाँच सय ४० जना कारबाहीमा परेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिनुभयो ।
त्यस्तै एक सय २० वटा गाडीलाई कारबाही गरी ५१ हजार ६ सय रुपैयाँ सङ्कलन गरिएकाे छ । अति आवश्यक वस्तु बिक्री गर्ने पसललाई तोकिएको समयभन्दा फरक समयमा खोल्ने गरेको पाइएकोले त्यस्ता पसललाई पनि पाँच सय रुपैयाँका दरले जरिबाना गरिएकाे छ । मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँडडुल गर्ने, गाडीमा दुरी कायम नगर्नेलाई प्रहरीले जरिबाना गर्दै आएको छ ।
जिल्ला प्रहरीको मातहतमा ७२ वटा प्रहरीको युनिटमार्फत् जिल्लाका विभिन्न क्षेत्रमा जाँच भइरहेको थापाले जानकारी दिनुभयो । सात वटा पालिका रहेको चितवनमा माडी नगरपालिका बाहेक ६ वटा पालिकामा निषेधाज्ञा लगाइएको छ ।
सार्वजनिक क्षेत्रमा मास्क नलगाइ हिँड्नेलाई सय रुपैयाँ, निषेधाज्ञाको समयमा काम नै नपरि हिँड्नेलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबाना तिराइने गरिएको प्रवक्ता थापाले बताउनुभयो । मर्निङ तथा इभिनिङ वाकको लागि भन्दै पैदल निस्कनेहरु र साइक्लिङ गर्नेहरु बढी देखिएकोले त्यस्ता व्यक्तिहरुलाई पनि प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबाना तिराइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।