चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको ज्यान गयाे

 भदौ ४, २०७७ बिहिबार १५:५१:३८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको बिहीबार ज्यान गएको छ ।

रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षीय पुरुषको ज्यान गएकाे अस्पतालले जनाएको छ । अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलका अनुसार विगत ६ दिनदेखि कोभिड १९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत ती पुरुषको दिउँसो २ बजेर ५७ मिनेटमा ज्यान गएको हो ।

मृतक पुरुष दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, मेरुदण्डसम्बन्धी समस्याले खुट्टा नचल्ने, मृगौलामा समस्या लगायतका समस्या रहेको उहाँले जानकारी दिनुभयो । उहाँसँगै कोरोना सङ्क्रमणका कारण अहिलेसम्म भरतपुर अस्पतालमा तीन जनाको ज्यान गइसकेकाे छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया