सुदूरपश्चिमका चार जिल्लामा विद्युत अवरुद्ध हुँदा जनजीवन प्रभावित

 भदौ ५, २०७७ शुक्रबार ८:३६:७ | विमल बिष्ट
unn.prixa.net

डाेटी - सुदूरपश्चिमका  चार जिल्लामा हिजो दिउँसोदेखि बन्द भएको विद्युत सेवा अझै सुरु भएको छैन ।

कैलालीको अत्तरियाबाट वितरण हुँदै गएको एक सय ३३ केभीए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुँडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत सेवा पूर्णरुपमा बन्द भएकाे हाे ।

मर्मतको लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ । विद्युत नहुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु र ल्यान्डलाइन टेलीफोन पनि बन्द भएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया