पीसीआर मेसिन बिग्रियो, कोरोना परीक्षण रोकियो

 भदौ ७, २०७७ आइतबार २०:०:१७ | विमल बिष्ट
unn.prixa.net

डोटी – जिल्ला अस्पताल डोटीमा कोरोना भाइरसको परीक्षण गर्ने पीसीआर मेसिन बिग्रिएको छ । पीसीआर मेसिन बिग्रिएसँगै जिल्लामा सङ्कलन गरिएको स्वाब परीक्षणको कार्य पनि रोकिएको छ । 

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा यही भदौ २ गते जडान गरिएको मेसिन आइतबार बिग्रिएको हो ।

पीसीआर मेसिन कुन कारणले बिग्रिएको हो भन्नेबारेमा जानकारी लिने र प्राविधिक टोली मगाएर बनाएपछि काम सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । 

गएको भदौ २ गते जडान गरिएको पीसीआर मेसिन ६ दिन नपुग्दै बिग्रिएपछि कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीसमेत अचम्ममा छन् । 

पीसीआर मेसिन बिग्रिएपछि अहिले कोरोना परीक्षणका लागि जिल्लामा सङ्कलन भएका स्वाब कैलालीको धनगढी प्रयोगशाला र डडेल्धुरा प्रयोगशालामा पठाइएको स्वास्थ्य प्रमुख मलासीले जानकारी दिनुभयो । 

बिग्रिएको पीसीआर मेसिन कहिलेसम्म बन्छ भन्नेबारे आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया