बिग्रिएको पीसीआर मेसिन बनेपछि फेरि सुरु भयाे स्वाब सङ्कलन

 भदौ ८, २०७७ सोमबार १५:५३:३२ | विमल बिष्ट
unn.prixa.net

डोटी – गएको शनिबार दिउँसो बिग्रिएको जिल्ला अस्पताल डोटीको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन दुई दिनपछि बनेको छ । 

पीसीआर परीक्षणको काम भइरहेकै बेला शनिबार दिउँसो मेसिनबाट धुवाँ निस्किएपछि काम पूर्णरुपमा ठप्प भएको थियो । प्राविधिक टोलीले पावर सर्किट मर्मत गरेपछि मेसिन फेरि सञ्चालनमा आएको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिनुभयो । मेसिन मर्मतका लागि जिल्ला आएको बायो मेडिकल इन्जिनियर जय साउँदको टोलीले मेसिन मर्मत गरेको हो । 

पीसीआर मेसिन बिग्रिएपछि डोटीमा जिल्लामा सङ्कलन गरिएको स्वाब परीक्षण को कार्य पनि दुई दिनसम्म रोकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा एक करोड ५० लाख रुपैयाँमा गएको भदौ २ गते मेसिन जडान गरिएको थियो । 

जिल्ला अस्पतालमा पीसीआर मेसिन बिग्रिएपछि कोरोना परीक्षणको लागि डोटीमा सङ्कलन भएका कैयौँ स्वाब कैलालीको धनगढी प्रयोगशाला र डडेल्धुराको उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख मलासीले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया