कोरोना सङ्क्रमित गाउँ घुमेपछि डोटीको दुवातल गाउँ सिल

 भदौ ११, २०७७ बिहिबार ८:४९:११ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका-४ सात्फरीको दुवातल गाउँ १४ दिनका लागि सिल गरिएको छ । 

भारतबाट गाउँ फर्किएका एकजना युवामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएपछि दुवाताल गाउँ सिल गरिएको वडाअध्यक्ष दीपबहादुर बमले बताउनुभयो ।

भारतबाट फर्किएका उनी गाउँमा घुमिरहेको पाइएपछि अरुलाई संक्रमण हुन नदिन पूरै गाउँ नै सिल गर्नु परेको वडा अध्यक्ष बमको भनाइ छ । 

दुवातल गाउँ सिल गरिएसँगै गाउँमा भएका सबैको पीसीआर परीक्षणका लागि तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया