चितवनमा एक जना कोरोना सङ्क्रमितको ज्यान गयो

 भदौ १२, २०७७ शुक्रबार १०:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– चितवन मेडिकल कलेज, चितवनमा उपचार गराइरहेकी एक जना कोरोना सङ्क्रमित महिलाको ज्यान गएको छ । गएको ७ गते अस्पताल भर्ना भएकी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ की ७१ वर्षीया महिलाको बिहान ज्यान गएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

लामो समयदेखि​ दमको समस्या भएकी ती महिलालाई निमोनिया भएपछि अस्पतालमा भर्ना गरेको र परीक्षणका क्रममा कोरोना सङक्रमण देखिएको उहाँले बताउनुभयो । चितवन मेडिकल कलेजमा अहिले १७ जना सङ्क्रमितको आईसीयू र तीन जनाको भेन्टिलेटरमा उपचार भैरहेको पनि निर्देशक डा. लम्सालले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ८८ पुगेको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया