ताप्लेजुङमा चट्याङ लागेर एक जनाको ज्यान गयो

 भदौ १६, २०७७ मंगलबार २०:४८:३२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

फुङलिङ नगरपालिका १० फुरूम्बुकी दुर्गा विष्ट भट्टराईको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

चट्याङ लागेर सिरिजङ्घा गाउँपालिका ४ तेल्लोकमा दुई जना र वडा नम्बर ५ पेदाङमा तीन जना गरी पाँच जना घाइते भएकाे उहाँले बताउनुभयो ।

घाइतेहरुकाे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया