लाइसेन्सको लागि आवेदन दिनेकाे संख्या धेरै, परीक्षाका लागि ५ ...
माघ १०, २०७७ शनिबार
सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा धेरै रगत बगेर एक जना सुत्केरीको ज्यान गएको छ ।
अत्याधिक रक्तश्रावका कारण महाकुलुङ गाउँपालिका वडा नम्बर ३ की २८ वर्षीया रबिमाया कुलुङको ज्यान गएको गाउँपालिका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिनुभयो ।
राति २ बजे छेस्काम स्वास्थ्य चौकीमा छोरी जन्माएकी कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल रेडियो सोलुमा पनि कार्यरत हुनुहुन्छ ।