धेरै पानी परेपछि सोलुखुम्बुमा किवीका बेर्ना कुहिन थाले

 असोज ३, २०७७ शनिबार ११:१२:१९ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - धेरै पानी परेपछि सोलुखुम्बुमा किवीका बेर्ना कुहिन थालेका छन् ।

सोलुखुम्बुको बागबानी केन्द्र फाप्लुले उत्पादन गरेका किवीका बेर्ना कुहिन थालेका हुन् । यसवर्ष आवश्यकताभन्दा बढी पानी पर्दा नर्सरीबाट बाहिर निकालिएको बेर्ना मर्न थालेकोे केन्द्रका निमित्त प्रमुख उपेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

बागबानीले यो वर्ष उत्पादन गरेको झण्डै २५ हजार बेर्नामध्ये १० प्रतिशतभन्दा बढी जरा कुहिएर मरेको केन्द्रले जनाएको छ । किवीको बेर्नाका लागी घाम र पानी उत्तिकै आवश्यक भए पनि निरन्तर झरी पर्दा बेर्ना फस्टाउन नसकेको निमित्त प्रमुख ठाकुरको भनाइ छ ।

किवीको बिरुवाको जिल्लाभित्र तथा बाहिरबाट अत्याधिक माग भए पनि मौसम प्रतिकूल हुँदा माग धान्न शकस पर्ने उहाँले बताउनुभयो । पछिल्लो समय किवी खेतीप्रति किसानको आकर्षण बढेकाले कृषकबाट बिरुवाको माग अत्याधिक आउने गरेको छ । सोलुखुम्बु तथा बाहिरबाट बिरुवाको माग बढेसँगै अघिल्लो वर्षदेखि बागबानी केन्द्रले नै बेर्ना उत्पादन सुरु गरेको थियो ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया