'जनजीवन सामान्य बनाउन सार्वजनिक गाडी खुला गरिएकाे हाे, काेराेनाकाे जाेखिम उस्तै छ'

 असोज ५, २०७७ सोमबार १९:३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सार्वजनिक गाडी चढ्दा सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाको जोखिम घटेको नभइ जनजीवन सामान्य बनाउन सार्वजनिक गाडी खुला गरेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको हो ।

सकेसम्म सार्वजनिक गाडी नै नचढ्न र काम विशेषले चढ्नै पर्दा मास्क लगाउन, दुरी कायम गर्न र चढ्नु र ओर्लनुअघि स्यानिटाइजरले हात सफा गर्न नभुल्न उहाँले आग्रह गर्नुभयो । 

एक सिटमा एक जनामात्र बस्न र गाडीको झ्याल खुला राख्न आग्रह गर्दै उहाँले कोरोना सङ्क्रमणबाट बच्न व्यक्तिगत दुरी, मास्क र हात धुनेमात्र विकल्प रहेका बताउनुभयो ।

पछिल्लो समय सार्वजनिक गाडीमा स्वास्थ्यका मापदण्ड पालना नभएको तर्फ सचेत गराउँदै उहाँले यातायात सञ्चालक र यात्रु दुवै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

प्रवक्ता गौतमले काठमाण्डौ लगायतका शहरहरुमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले ६० वर्षमाथिका उमेर समूह तथा १० वर्षमुनिका बालबालिका र दीर्घ रोग भएकाहरुलाई घरबाहिर ननिस्कन आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया