कीर्तिमानी आराेही आङरिता शेर्पाकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

 असोज ७, २०७७ बुधबार १४:१४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कीर्तिमानी आराेही आङरिता शेर्पाकाे बुधबार काठमाण्डाैमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ ।  

विना अतिरिक्त अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्नुभएका उहाँकाे शेर्पा समुदायको विधिअनुसार अन्त्येष्टि गरिएकाे छ । उहाँको सोमबार बिहान १० बजे काठमाण्डाैकाे जाेरपाटीमा रहेकाे आफ्नै निवास निधन भएको थियो ।

सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गर्नुभएका शेर्पाले अन्तिम पटक सन् १९९६ मा विना अतिरिक्त अक्सिजन सगरमाथामा पाइला टेक्नुभएकाे थियो । उहाँले सर्वोच्च शिखर सगरमाथा मात्रै नभइ विना अतिरिक्त अक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको पटक–पटक आरोहण गर्नुभएको थियो । 

उहाँकाे अन्त्येष्टि कार्यक्रममा विभिन्न नेता तथा उच्च पदस्थ अधिकारीहरुकाे सहभागिता रहेकाे थियाे ।   

दुई दशकअघि कलेजोसम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्याग्नुभएका उहाँलाई चार वर्षअघि मस्तिष्कसम्बन्धी समस्या देखा परेको थियो ।

याे पनि पढ्नुहाेस्

कीर्तिमानी पर्वतारोही भए पनि उपचारका लागि सरकारले सहयोग नगरेको उहाँको परिवारले गुनासो गर्दै आएको थियो । शेर्पा सन् १९४८ मा सोलुखुम्बुको यीलाजुङ गाउँको सामान्य परिवारमा जन्मनुभएको थियो ।  

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया