हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धित निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् ।
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले यसअघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाबारे छलफल गर्न बसेको बैठकमा उपस्थित सांसदहरुले समितिले दिएका निर्देशनहरुको कार्यान्वयन नभएको बताएका हुन् ।
समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका मन्त्रालय, विभाग तथा त्यस अन्तर्गतका निकायहरुलाई विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भीर समीक्षा हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिले विभिन्न समयमा दिएका निर्देशनहरूको कार्यान्वयन फितलो भएको बताउनुभयो । उहाँले समितिको बैठकमा उपस्थित भएर मन्त्रीहरुले नै गलत रिपोर्टिङ दिने गरेकाले निर्देशनहरूको कार्यान्वयन जिम्मेवारीपूर्वक हुन नसकेको बताउनुभयो ।
नेपाली कांग्रेसकी सांसद रङ्गमती शाहीले पछिल्लो समय कोभिडको बहाना बनाएर काम नगर्ने प्रवृत्ति बढेको बताउनुभयो । हुम्ला जिल्लामा कोभिडको असर नपरे पनि कर्णाली करिडोरको काम रोकिनु त्यसैको उदाहरण भएको भन्दै समितिले त्यस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भिर रुपमा निर्देशन दिनुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद केदार सिग्देलले कुनै पनि आयोजना गुणस्तरीय भए नभएको सम्बन्धमा समितिले दिएको निर्देशनहरु अहिलेसम्म पनि कार्यान्वयन नभएको देखिएको बताउनुभयो । उहाँले आयोजनाको वर्गीकरण प्रष्ट नभएकाले सङ्घ, प्रदेश र पालिकाकाे प्रावधान स्पष्ट पार्न यसअघि दिएको निर्देशन अहिलेसम्म पनि कार्यान्वयन नभएको बताउनुभयो ।
नेकपाकै सांसद यज्ञराज सुनुवारले अयोग्यहरुका लागि कोभिड–१९ बहाना बनेको बताउनुभयो । कुनै पनि निर्माण कार्य समयमा गर्न अयोग्य कम्पनी तथा निकायले कोभिडलाई बहाना बनाएर काम नगरेको उहाँले स्पष्ट पार्नुभयो ।
बैठकमा सांसदहरुले कोभिडलाई कारण देखाउँदै काम नगर्ने प्रवृत्तिकाे अन्त्यका लागि समितिले उपसमिति गठन गरी अनुगमन गर्नुपर्ने बताएका छन् । सबै आयोजनाको अनुगमन गरी प्रतिवेदन तयार भएपछि मात्रै समितिको नियमित बैठक बसेर छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने आवश्यकता देखिएको सांसदहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।