हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको प्याज बिहीबारदेखि बिक्री वितरण गर्ने भएको छ ।
काठमाण्डाै – सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न ठाउँका व्यापारीबाट जफत गरेको झण्डै १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिहीबारदेखि बिक्री वितरण गर्ने भएको हो ।
मङ्गलबार काठमाण्डाैका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायीसहित बसेको बैठकले जफत गरिएकाे प्याज बुधबारदेखि बिक्री गर्ने निर्णय गरेको थियो । तर तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै बिक्री गर्न लागिएको बताएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख शर्मिला सुवेदीले मङ्गलबार मात्रै निर्णय भएकाले प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेको कारण बिहीबारदेखि बिक्री वितरणको काम सुरु हुने बताउनुभयो । जफत गरिएकाे प्याज ढुवानी, लागत र प्याकेजिङसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्न लागिएको समेत उहाँले बताउनुभयो ।
गएकाे हप्तादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए । बजारमा प्याजको भाउ अत्यधिक बढेपछि सरकारले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरेको थियो । त्यस क्रममा कालोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका दुई वटा पसल सिल गरिएको थियो ।
त्यही पसलको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री गर्न लागिएको हो । प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कारबाही गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dhurba Paudel
Sept. 23, 2020, 6:16 p.m.प्याजको गानाको बारेमा मात्र समाचार बनाएर मात्र हजुरहरुले भन्ने गरेको खोज पत्रकारिता कसरि हुन सक्छ?? नेपालि प्याजको बिचको रेट प्रति के.जि. रु ४००० अनि इन्डिएन प्याजको बिउको रेट प्रति के.जि. रु २५०० हुँदा किसान कसरि प्याज खेति तर्फ आकर्षित हुनसक्ने वातावरण बनेर नेपाल प्याजमा आत्मनिर्भर बन्न सक्छ त ?? यस सम्बन्धि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै एउटा न्युज लेखिए सायद कृषकको हितमा हुनसक्थ्यो अहिलेको यसप्रकारको न्युजले उपभोक्ताको हितमा मात्र बोलेको हुन्छ । कृषकले उत्पादन नै गर्न नसक्ने गरि बिउविजन को मुल्य भइदिँदा अर्को वर्ष पुन यहि समाचार लेख्नुपर्ने बाध्यता बन्न सक्छ । पत्रकारिताको माध्यमबाट कृषकको आवाजलाई उठाउनु हजुरहरुको कर्तव्य पनि हो ।🙏🙏