वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वाेच्चकाे अन्तरिम आदेश

 असोज ७, २०७७ बुधबार १८:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको छ । 

अधिवक्ता दिनेश त्रिपाठीलगायतले दिएको रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको नियुक्तिलाई यथास्थितिमा राख्दै थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । 

सर्वोच्चले यही असोज १४ गते दुवै पक्षलाई छलफलको लागि समेत बोलाएको छ ।  

यसअघि पनि चुनाव हारेका व्यक्तिलाई राष्ट्रिय सभामा पठाएर नागरिककाे मतकाे अवमूल्यन गरेकाे भन्दै चाैतर्फी आलाेचना भएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया