हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - नेपालमा कोरोना सङ्क्रमणका कारण थप चार जनाको ज्यान गएको छ ।
कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराइरहेका कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का ५० वर्षका पुरुष र नवलपरासीको रामग्राम नगरपालिका ३ का ४९ वर्षका पुरुषको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो ।
यस्तै सप्तरीमा होम आइसोलेशनमा बसेका ५५ वर्षका पुरुषको आज बिहान ज्यान गएको छ । यसैगरी डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षका पुरुषको गएराति डडेल्धुरा अस्पतालमा ज्यान गएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ सय ४० पुगेको छ ।
अहिलेसम्म ९ लाख ४४ हजारको पीसीआर परीक्षण गर्दा ६७ हजार ८ सय ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये ४९ हजार ९ सय ५४ जना निको भएका र १७ हजार ४ सय १४ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।