किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र किसान सक्...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – सरकारले कोरोना परीक्षण मापदण्डभन्दा बाहिरका मानिसको कोरोना परीक्षण नगर्न निजी प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । निजी प्रयोगशालाहरुले शुल्क लिएर जोसुकैको परिक्षण गर्दा त्यसले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको काममा अप्ठ्यारो पर्ने भन्दै जथाभाबी परीक्षण नगर्न निर्देशन दिइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना परीक्षणका लागि सरकारले बनाएको मापदण्डमा नपरेका मानिसको कोरोना परीक्षण गर्नु अवैधानिक काम भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो । सरकारले बनाएको पछिल्लो मापदण्डअनुसार ज्वरो, सुक्खा खोकी, श्वास फेर्न गाह्रो हुने, गन्ध थाहा नहुने, पखालाजस्ता कोरोनाको लक्षण भएका व्यक्तिले पीसीआर परीक्षण गराउन सक्ने छन् ।
यस्तै सङ्क्रमित व्यक्तिको नजिक सम्पर्कमा आएका व्यक्तिको पाँच दिनपछि परीक्षण गर्न सकिनेछ । त्यसैगरी अकस्मात् श्वासप्रश्वासमा समस्या देखिएका व्यक्ति, विदेशबाट आइ क्वरेण्टीनमा बसिसकेका व्यक्ति, अग्रपङ्क्तिमा काम गर्ने व्यक्ति, आईसीयूमा राख्नुपर्ने सबै व्यक्ति, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले पीसीआर परीक्षण गर्न सक्नेछन् ।
‘पीसीआर पोजेटिभ आएको रिपोर्ट प्रयोगशाला आफैले दिनू’
यस्तै सरकारले पीसीआर परीक्षण गर्दा पोजेटिभ वा नेगेटिभ जे नतिजा आए पनि सिधै सम्बन्धित व्यक्तिलाई दिन भनेको छ । यसअघि पोजेटिभ नतिजा आएमा प्रयोगशालाले सम्बन्धित व्यक्तिलाई नदिइ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउने गरेको थियो । तर पछिल्लो समय होम आइसोलेशनमा पनि बस्न पाउने व्यवस्था भएकोले प्रयोगशालाले सिधै सम्बन्धित व्यक्तिलाई नतिजा दिन पाउने भएका हुन् ।
यसैबीच निजी मेडिकल कलेजले पीसीआर परीक्षण गरेर मात्र परीक्षामा सहभागी गराउने भनि गरेको निर्णयमा वैज्ञानिक आधार नभएको भन्दै सरकारले खारेज गरिदिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले लक्षण नदेखिएका व्यक्तिलाई परीक्षामा सामेल हुनकै लागि पीसीआर परिक्षण गर्नु आवश्यक नभएकोले त्यो निर्णय कार्यान्वयन नगर्न भनेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।