‘अति अशक्तको सामाजिक सुरक्षा भत्ता नरोकियाेस्’

 असोज १२, २०७७ सोमबार २०:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय अपाङ्ग महासङ्घले अति अशक्त अपाङ्गता भएका र ६० वर्षभन्दा कम उमेरका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने प्रतिबद्धताबाट सरकारपछि हटेको आरोप लगाएको छ ।

गएको जेठ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरेको सम्बोधनमा सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भनिए पनि त्यसो हुन नसकेको महासङ्घले जनाएको छ ।

साेमबार भर्चुअल बैठक गरी महासङ्घले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा यो समूहमा रहेकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न नीतिगत अवरोध भएको भन्दै लाभग्राहीको भर्पाइ व्यवस्थापन सूचना प्रणालीबाट हटाइएको भन्दै ध्यानाकर्षण गराएको छ ।

यस विषयमा महासङ्घले विज्ञप्ति निकालेर अति अशक्त अपाङ्गता भएका र ६० वर्षमुनिका एकल महिलाले चालु आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा नपाउने अवस्था आएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया