नेपाल खुला दिसामुक्त भएको एक वर्ष : साबुन पानीले हात धुने अभियान सुरु

 असोज १३, २०७७ मंगलबार ७:१८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भएको एक वर्ष पुगेको छ ।

अघिल्लो वर्ष आजकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गर्नु भएको थियो । २०६८ साल असारमा पहिलो पटक कास्कीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

त्यस्तै अघिल्लो वर्ष असोज ४ गते भोजपुरलाई खुला दिसामुक्त घोषणा गरेसँगै नेपाल खुला दिसामुक्त बनेको हो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको छ ।

अन्तर्राष्ट्रिय सरसफाइ वर्षको अवसरमा सन् २००८ मा नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाउँदै पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने प्रतिबद्धता गरिएको थियो । दिगो विकास लक्ष्यसहितका पूर्ण सरसफाइका क्रियाकलाप एकीकृत रुपमा अगाडी बढाउन तीन तहका सरकार लागिपरेका बेला कोरोना महामारीले असर पारेको खानेपानी मन्त्रालयले जनाएको छ ।

साथै कोरोना भाइरस रोक्न समेत प्रभावकारी उपाय मानिएको साबुनपानीले हात धुने विषयलाई एक महिनासम्म अभियानका रुपमा सञ्चालन गर्ने पनि मन्त्रालयले जनाएको छ । ‘हातको सरसफाइ सबैका लागि साबुन पानी हात, सधै साथसाथै’ नाराका साथ आजदेखि एक महिना अभियान चल्ने भएको छ ।

अभियानमा मन्त्रालय, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति नेपाल वास र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्रलगायतको सहकार्यमा व्यक्तिगत, घरायसी, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालयमा साबुनपानीले हात धुने व्यवहारका नौला र सिर्जनशील उपाय एवं प्रविधिको प्रयोग तथा कार्यान्वयन गरिनेछ ।

मन्त्रालयले तीन तहका सरकारका साथै निजी क्षेत्र, सामुदायिक संस्था, आम नागरिकलाई आ-आफ्नो क्षेत्रमा उपलब्ध स्रोत साधनबाटै साबुन पानीले हात धुने क्रियाकलाप गर्न/गराउन आग्रह गरेको छ । नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाइयुक्त राष्ट्र बनाउने अभियान चलिरहेको छ ।


 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया