पदयात्रा र पर्वतारोहण गर्न आउनेले भिसा पाउने, सात दिन क्वरेण्टीन र पीसीआर परीक्षण अनिवार्य

 असोज १३, २०७७ मंगलबार १५:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशीलाई भिसा दिने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा र पर्वतारोहण गर्न नेपाल आउने विदेशीले भिसा पाउने निर्णय गरेको हो । पदयात्रा र पर्वतारोहणको लागि नेपाल आउँदा पालना गर्नुपर्ने सर्तसहितको मापदण्ड स्वीकृत गर्दै मन्त्रालयले यी दुई क्रियाकलापको लागि आउनको लागि भिसा प्राप्त गरेको हुनुपर्ने जनाएको छ । 

तर सम्बन्धित देशमा नेपालको भिसा प्राप्त नहुने अवस्थामा नेपालमा रहेका ट्राभल तथा ट्रेकिङ एजेन्सीबाट पूर्वस्वीकृति लिएर नेपाल आउन पाउनेछन् । एजेन्सीले पेस गरेका कागजात पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले स्वीकृत गर्नुपर्नेछ । यसरी ट्राभल तथा ट्रेकिङ एजेन्सीको समन्वयमा नेपाल आएका विदेशीले अध्यागमन विन्दुमै अनअराइभल भिसा पाउनेछन् । 

पदयात्रा र पर्वतारोहणको लागि नेपाल आउने विदेशीले पालना गर्नुपर्ने सर्त

नेपाल आउनु ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ । यस्तै कम्तीमा सात दिन क्वरेण्टीनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको हुनुपर्ने सर्त रहेको छ । क्वरेण्टीनमा बसेको पाँचौ दिन आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने पनि सर्त उल्लेख गरिएको छ । रिपोर्ट पोजेटिभ आएमा नेगेटिभ नआउञ्जेल होटल क्वरेण्टीनमै बस्नुपर्नेछ । 

यस्तै आरोहण गर्न आउने विदेशीले पाँच हजार डलर बराबरको र नेपाली सहयोगीको एक लाख रुपैयाँको कोरोना बीमा गरेको हुनुपर्नेछ । स्वास्थ्य मन्त्रालयले तोकेका सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ ।  

तस्बिर : नेपाल पर्यटन बाेर्ड

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया