हात कसरी धुने ?

 असोज १३, २०७७ मंगलबार २०:३८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सही तरिकाले साबुन पानीले हात धोए कोरोना भाइरसलगायत अन्य रोग र सङ्क्रमणबाट जोगिन सकिने विज्ञले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाविरुद्धको लडाइँमा साबुन पानीले मिचिमिची हात धुने बानी अत्यन्तै प्रभावकारी प्रमाणित भएको बताउनुभयो । कोरोना भाइरसका साथै अन्य सरुवा रोगबाट आफू तथा अन्यलाई जोगाउन यो नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय भएको उहाँको भनाइ छ ।

कोरोना भाइरससँगै श्वासप्रश्वाससम्बन्धी रोग र निमोनिया लगायतबाट जोगिन साबुनमानीले मिचिमिचि हात धुनुपर्ने गौतमको सुझाव छ । 

हात कसरी धुने  ?

सकेसम्म साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुनुपर्छ । हातमा धेरै नै फोहर भएको छ  भने ४० सेकेण्डसम्म नै धुनुपर्छ ।

साबुन पानी नभएको अवस्थामा भने पूरै हात भिज्ने गरी गुणस्तरीय स्यानिटाइजर दल्नुपर्छ । हात धेरै फोहर छैन, स्यानिटाइजर पनि छैन भने सफा पानीले मात्रै भए पनि हात धुन सकिने खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताउनुभयो । उहाँका अनुसार सफा पानीले मात्रै हात धुँदा पनि ८० प्रतिशत किटाणु नष्ट भएर जान्छ ।

यस्तै खरानी पानीले पनि मिचिमिची हात धोए किटाणु नष्ट हुने उहाँले बताउनुभयो । एक व्यक्तिले एक पटक हात धुँदा आधादेखि दुई लिटरसम्मको पानी प्रयोग गर्नु पर्ने खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण सर्नुमा हात पहिलो माध्यम बन्ने भएकाले नाक, मुख छुनुअघि हातलाई सफा गर्नुपर्छ । यस्तै हात धोइसकेपछि पनि यसलाई तौलिया, हावामा सुकाएर वा पेपरले राम्ररी पुछेर सुख्खा बनाउन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको सुझाव छ । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया