प्रधानसेनापति थापाकाे पीसीआर रिपाेर्ट नेगेटिभ

 असोज १४, २०७७ बुधबार १९:५१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको पीसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । 

उहाँको निवासको भान्सामा काम गर्ने एक सदस्यमा कोरोनाको सङ्क्रमण देखिएपछि थापा गएको आइतबारदेखि होम क्वरेण्टीनमा बस्नुभएको थियो । उहाँको बुधबार पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको सैनिक मुख्यालयले जनाएको छ ।

उहाँ सरकारले ताेकेकाे स्वास्थ्य मापदण्ड पालना गरेर हाेम क्वरेण्टीनमा बस्नुभएकाे थियाे ।  
 

अन्तिम अपडेट: असोज १६, २०७७

तपाईको प्रतिक्रिया