नेपाल एअरलाइन्सले भन्याे, ‘स्वदेशी पाइलटलाई कम र विदेशी पाइलटलाई धेरै तलब दिएकाे भन्नु हल्ला मात्रै’

 असोज १४, २०७७ बुधबार २१:८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगमले विदेशी विमान चालकसम्बन्धी सुनियोजित रुपमा विभिन्न सञ्चारमाध्यममा तथ्यहीन र आधारहीन समाचार आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले बुधबार विज्ञप्ति निकाल्दै त्यस्ता समाचारको घोर भर्त्सना तथा खण्डन गरेको छ । 

यसअघि केही अनलाइन, प्रिन्ट संस्करण तथा टेलिभिजनमा स्वदेशी विमान चालकलाई कम तलब र विदेशीलाई चालकलाई धेरै तलब दिएको भन्दै समाचार आएको थियो । साथै स्वदेशीलाई कम उडान दिएर विदेशीलाई चालकलाई धेरै उडान दिएको भन्ने समाचार आएकोप्रति निगमले गम्भीर आपत्ति जनाएको विज्ञप्तिमा भनेको छ । 

निगमले कोरोना महामारीको विषम परिस्थितिमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन र विभिन्न देशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउन नेपाली तथा विदेशी पाइलटहरुको महत्त्वपूर्ण भूमिका रहेको जनाएको छ।

‘निगमले एयरवस ए ३३० जहाज प्रथम पटक अगस्त २०१८ मा सञ्चालन सुरु गर्दा सम्पन्न गरिसक्नुपर्ने पूर्वतयारी गरी दक्ष नेपाली विमान चालक तयार गर्न नसक्नाले तत्कालीन अपरेशन्स निर्देशकले Flight Crew International  (FCI) नामक संस्थासँग करार सम्झौता गरी प्रशिक्षक पाइलट, क्याप्टेन तथा को–पाइलटसमेत विदेशी लिएर विमान सञ्चालन  गरेको यथार्थ सर्वविदितै छ', विज्ञप्तिमा भनिएको छ ।  

विभिन्न समयमा नेपाली जनशक्तिलाई तालिम दिइ क्रमिक रुपमा जनशक्तिमा आत्मनिर्भर बन्दै जाने नीति अनुरुप जनशक्ति तयार गर्दै जाने क्रममा विदेशी जनशक्तिको सेवा सुविधासमेत क्रमिक रुपमा कटौती गर्दै लगिएको निगमले जनाएकाे छ । 

 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया