ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन राष्ट्रपतिको आग्रह

 असोज १५, २०७७ बिहीबार ७:४८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पुर्याउन आग्रह गर्नुभएको छ । 

३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका ज्येष्ठ नागरिकको दीर्घायु, सु-स्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्दै उहाँले आ-आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान गर्नुभएको हो । 

उहाँले नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः, पितृदेवोभवः’ को भावना रहेको र सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसाथ गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । 

विभिन्न क्षेत्रमा क्रियाशील ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले पुर्याएको योगदानको  मूल्याङ्कन गर्दै उहाँले ज्येष्ठ नागरिकको अनुभवलाई ग्रहण गरी नयाँ पुस्ता देशको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • PP Tamu

    Oct. 1, 2020, 10:58 a.m.

    जेष्ठ नागरिक को लागि सम्मान मात्रै कि एस्सो हात-मुख जोर्न पैला को रकम मा थप पनि ? यो समय मा पैला को ३ हजार ले के नै हुन्छ र ! अझै २ हजार थपेर टाेटल ५ हजार ठिक्क ! ऐले को बजार-भाउ हेरेर ! तर के अर्नु र हजुर ! जति कम्प्लैन रिपोर्ट इत्यादी गरे पनि कस्ले वास्ता गर्ने र ? मत्लबै छैन ! पार्टी२ लाई अरब२ को भाग-बन्डा लाउन चाइ तम्सिने ! जाबो ५ हजार पुर्याउन एत्रो हम्मे२ ! खत्तम छ !

  •  0 Reply

तपाईको प्रतिक्रिया