आज पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना

 असोज १५, २०७७ बिहीबार ८:२५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाण्डाै - आज पश्चिम नेपालबाट मनसुन बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् ।

निक्कै कमजोर अवस्थामा पुगेको मनसुन आज पश्चिम नेपालबाट बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरिबाटै बाहिर हट्न भने अझै केही दिन लाग्नेछ । पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ ।

सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ । यो वर्ष पनि दुई दिन ढिला नेपाल प्रवेश गरेको मनसुन आज पश्चिमबाट बाहिरिए पनि देशभरिबाटै बाहिरिन भने अझै केही दिन लाग्ने मौसमविद्को भनाइ छ ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभरका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै तथा अरु प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने संभावना छ । अहिले देशभरिकै मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया